नेपाली खर्रर पढ्छिन एविता हिस्की । 

हेर्दा पत्यार लागेको थिएन । सोच्दा उनले जित्लान भन्ने सोचेकै थिएन । मगरभाषा मातृभाषा भएकी । उनको घर, छिमेक सबैतिर मगरभाषा बोलचाल गर्ने । तर एउटा प्रतियोगितामा भाग लिनुपर्ने थियो त ने्पाली भाषामा पढ्ने । सोही पनि छिटो र सुद्ध सगं पढ्नुपर्ने । सानो कुरा थिएन कक्षा २ को विद्यार्थीहरुको लागि । तर उनले जित निकालेरै छाडिन् । अन्र्तराष्ट्रिय सारक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा रामपुरमा भएको पठनवेग प्रतियोगीतामा द्धितिय भइन् एविता हिस्की ।
उनी सिलुवा–४ सानो गल्धामा २०६६ सालमा जन्मिएकी हुन् । उनी धनबहादुर हिस्की र कृष्णकुुमारी हिस्कीको कान्छी छोरी हुन् । घरमा पनि मातृ भाषा बोल्ने र स्कुलमा आए पछि पनि धेरै मातृ भाषा मगर बोल्ने गर्थिन् उनी । रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोग, जिल्ला शिक्षा कार्यालय पाल्पाको समन्वय र बेस नेपालको व्यवस्थापनमा सन् २०१४ मा श्री मदन आश्रित निम्न माध्यमिक विद्यालय सिलुवामा साक्षरता कार्यक्रम लागु भएपछि मातृभाषा मात्र बढी जान्ने विद्यार्थीहरु आजभोलि नेपाली भाषामा पनि उत्तिकै जान्ने बनेका छन् । पहिलो वर्ष कक्षा १ मा अध्ययन गरेपछि नेपाली भाषा विषयमा दख्खलता हासिल गरिकी हुन् एविताले पनि ।
हाल उनी कक्षा २ मा पढ्छिन् । उनी नेपाली विषय राम्रो संग पढ्न सक्ने भएकी छिन् । यतिमात्रै होइन विद्यार्थी सेप्टेम्बरमा लिइएको मुल्याङ्कनमा ६० सेकेन्ड भित्र ६० वटा सही अक्षर सही पढेकी थिइन् । ६० सेकेन्ड भित्र ६० वटा बेअर्थ शब्द मध्ये ४० शव्द सही पढेकी थिइन् उनले । ६० सेकेन्ड भित्र एक कथाको हरफमा ६० वटा शव्द मध्ये ६० वटानै शुद्ध सगं पढेको र बोधको ४ प्रश्नमा ४ ओटानै मिलाएकी थिइन् ।
सुरुमा नेपाली भाषा बोल्न नसक्ने र विद्यालयमा शिक्षकहरुसंग पनि मातृ भाषामा बोल्ने विद्यार्थी अहिले आएर नेपाली भाषामा पनि छिटो पढ्ने र राम्रो संग बोल्न सक्ने भएकी छिन् । यो सफलताको श्रेय साक्षरता कार्यक्रमलाई दिनुहुन्छ प्र.अ. दल बहादुर हिस्की । कक्षा २ का नेपाली भाषा विषय शिक्षिका सुनी सरा खासु भन्नुहुन्छः “नेपाली भाषा जान्ने भएपछि सामाजिक, विज्ञान लगाएत अन्य विषयमा पनि एविता हिस्कीले राम्रो प्रगति गरेकी छिन् ।” यिनीहरु पढ्न सक्दा मलाई झन् झन् पढाउन मन लाग्छ, उहाँले थप्दै भन्नुहुन्छ ।