१७ वटा विद्यालयमा सामुदायिक बैठक सम्पन्न

IMG_0742

पाल्पा फाल्गुण ४, विद्यालयमा पठन सिप तथा पुस्तकालय कार्यक्रम सञ्चालन गर्नको लागि पाल्पा जिल्लाका १७ वटा सामुदायिक विद्यालयमा सामुदायिक बैठक सम्पन्न भएको छ । रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोग, जिल्ला शिक्षा कार्यालय पाल्पासंगको समन्वय तथा पछौटेपन उन्मुलन समाज बेस नेपालको व्यवस्थापनमा सञ्चालित साक्षरता कार्यक्रम अन्र्तगत सन् २०१७ मा थप बिद्यालयहरुमा कार्यक्रम बिस्तारका लागि १७ वटा विद्यालयमा सामुदायिक बैठक सम्पन्न भएको हो । मित्याल स्रोतकेन्द्रका मौलादेवि प्राथमिक विद्यालय, मित्याल आधारभुत विद्यालय, गोरखनाथ आधारभुत विद्यालय, जीवनज्योति आधारभुत विद्यालय, जलदेवि आधारभुत विद्यालय, गोरखनाथ माध्यमिक विद्यालय, सिन्दुर आधारभुत विद्यालय, अकला प्राथमिक विद्यालय, जनक आधारभुत विद्यालय तथा जनक माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । यस्तै कसेनी स्रोतकेन्द्रको साहारादेवि प्राथमिक विद्यालय, बुद्धिविकास प्राथमिक विद्यालय, सत्यवति स्रोतकेन्द्रका खुर्साने आधारभुत विद्यालय, सत्यवति माध्यमिक विद्यालय, कुँवारी आधरभुत विद्यालय, भैरवस्थान स्रोतकेन्द्रको आदर्श माध्यमिक विद्यालय तथा तानसेन स्रोतकेन्द्रको लुम्विनि माध्यमिक विद्यालयमा सम्पन्न भएको हो । कार्यक्रममा पठन सिप र पुस्तकालय कार्यक्रमको परिचय, सञ्चालन प्रक्रिया, संस्थाबाट उपलव्ध हुने सहयोगहरु तथा विद्यालयले गनुपर्ने कार्यहरुको वारेमा छलफल गरिएको बेस नेपालका कार्यक्रम संयोजक टेक बहादुर ढेंगाले बताए । उनले यस वर्ष २५ वटा विद्यालयमा कार्यक्रम थप गर्ने योजना रहेको र विद्यालय तहमा बैठक सञ्चालन भएपश्चात जिल्ला शिक्षा कार्यालय संग बैठक बसि कार्यक्रमलाई अगाडि बढाउने वताए । प्राथमिक तहका विद्यार्थीहरुमा नेपाली भाषा विषयमा पठन सिप तथा पढ्ने वानीको विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागीएको रुम टु रिडका बरिष्ठ कार्यक्रम सहाएक एल. वि. खड्काले जानकारी दिए । रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बेस नेपालले हाल सम्म १११ वटा सामुदायिक विद्यालयहरुमा पुस्तकालय स्थापना गरी समुदायलाई हस्तान्तरण गरिसकेको छ भने सन २०१४ देखि ५० वटा बिद्यालयहरुमा कार्यक्रम संचालन गरीरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *